सेयर बजारमा करेक्सन, लगानीकर्ताको ध्यान नाफा बुकमा



काठमाडौं । सेयर लगानीकर्ता नाफा बुक गर्न लाग्दा सेयर बजारमा करेक्सन देखिएको छ ।

कारोबारको सुरुमा बजार केही बढेपनि अन्तिम समयमा निकै करेक्सन देखिएको छ । यो दिन नेप्से मापन गर्ने सूचक १५.५७ अंकले घटेर परिसूचक २०५५.४५ बिन्नुमा रोकिएको छ ।

नेप्से मापन गर्ने सूचकमा करेक्सन आएपनि कारोबार रकममा भने निराश देखिएको छैन । २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ३.७६ अंकले घटेर ३९२.२९ बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ८.७३ अंकले घटेको छ । कारोबारमा जलविद्युत र माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार देखिएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ११ करोड ४९ लाख ८ हजार ५७७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

माथिल्लो तामाकोशी हाईड्रोपावर, नेपाल सेवा लघुवित्त, डिप्रोक्स लघुवित्त, छिमेक लघुवित्त, प्राइम बैंकका लगानीकर्ताले कमाउँदा बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशन, बोटलर्स नेपाल (तराई), रसुवागढी हाईड्रोपावर, सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु