पन्चे बाजा मोबाइल एप्लिकेशनबाट देश–विदेशमा रहेका नेपालीसँग बैवाहिक सम्बन्ध



काठमाडौं । हाल्प फुल टेक्नोलोजी प्रालिले पन्चे बाजा मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । सो एप्लिकेशनमार्फत डेटिङका साथै विवाहको लागि पार्टनर खोज्न सकिने कम्पनीले जनाएको छ ।

उक्त सञ्चालनमा ल्याएको पन्चे बाजा एप्लिकेशन आइओएस र एन्ड्रोइड डिभाइसबाट डाउनलोड गर्न सकिने कम्पनीले जानकारी दिए ।

कम्पनीले पन्चे बाजा एप एक महिना अघि मात्रै गुगल प्ले स्टोर र एप स्टोरमार्फत सार्वजनिक गरेका थिए । उक्त एप्लिकेशनको प्रयोग आफुले इच्छाएको देश तथा विदेशमा बसोबास गर्ने नेपालीसँग डेटिङ वा वैवाहिक सम्बन्ध राख्न सक्ने कम्पनीले जानकारी दिएको छ । जसमा सो एपबाट आफ्नो जात, आम्दानी, शिक्षाको योग्यता, पेशा र अन्य सबै छनौटको आधारमा आफ्नो जीवनसाथी खोज्न मद्दत पुर्याउने भएको छ ।

साथै, अन्य देशका नागरिक वा बासिन्दा भएका व्यक्तिहरूसँग सम्बन्ध गाँस्न चाहेको खण्डमा पनि उक्त एपको प्रयोगबाट जीवनसाथी खोजी गर्न सक्नेछन् । यदि विदेशमा बसोबास गर्ने व्यक्तिको खोजी गर्न चाहेमा सेवाग्राहीले देश रोजेर त्यस देशको कुनै पनि शहर वा राज्यमा व्यक्तिहरूको खोजी गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त एपको सहयोगबाट तपाईले छनौट गरेअनुसारको जीवनसाथी पाउनेछन् ।

सामान्यतया, पान्चे बाजाले सुरक्षालाई धेरै गम्भीरताका साथ लिने भएकाले सेवाग्राहीले कुनै पनि कुराकानी गर्न अघि उनीहरूको पहिचान प्रमाणित गर्ने गरेको कम्पनीको भनाइ छ । जसले गर्दा कुराकानी गरिरहेका व्यक्तिको पहिचान नक्कली नहुने कम्पनीले विश्वास जनाएको छ ।

पन्चे बाजाले व्यवस्थित विवाह र प्रेम विवाहको बीचमा सन्तुलन प्रदान गर्नुका साथै प्रयोगकर्ताहरूलाई यस द्रुत गतिको संसारमा जीवन साझेदारहरू फेला पार्न स्वतन्त्रता प्रदान गर्ने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु