९८ वर्षे मसला किङ धर्मपालको निधन, विभाजन हुँदा १५ सय लिएर भारत आएका थिए



एमडीएच मसालाका मालिक महाशय धर्मपाल गुलाटीलाई बिहीबार बिहान साढे ५ बजे हृदयघात भएपछि निधन भएको छ । उनी ९८ वर्षका थिए । उनी मसला किङका रुपमा प्रसिद्ध थिए ।

उनले कडा मिहेनत गरेर एमडीएच मसलालाई अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित गराउन सफल भएका थिए ।

पाकिस्तानको सियालकोटमा १९२३ माचै २७ मा पाकिस्तानमा जन्मिएका गुलाटीपछि भारत आएका थिए । पाकिस्तान विभाजनको समयमा उनको परिवार अमृतसरमा आएका थिए । त्यहाँ केही समय बसेपछि उनी परिवारका साथमा दिल्ली आएका थिए ।

उनी दिल्लीमा आउँदा उनीसँग जम्मा १५०० भारु थियो । उनीसँग जागिर थिएन । तर उनले आफूसँग भएको १५०० रुपैयाँबाट ६५० रुपैयाँमा घोडा–टाँगा खरिद गरेका थिए । र, उनले रेल्वे स्टेसनमा चलाउन थालेका थिए ।

सानो पसलबाट मसला बेच्न शुरु
महाशय धर्मपालको भाग्य त्यसपछि चम्किएकोल थियो । केही समयसम्म टाँगा चलाएर उनले त्यो भाइलाई दिएका थिए । र, करोलबागको अजमल खाँ रोडमा सानो पसल राखेर मसला बेच्न शुरु गरेका थिए । उनले एमडीएच नामबाट बसला बिक्री शुरु गरेका थिए । उनको मसला निकै रुचाइयो र सानो पसलबाट ठूलो ब्राण्ड बनाउन सफल भए ।

उनले सन् १९५९ मा पहिलो फ्याक्ट्री स्थापना गरेका थिए । उनले विस्तारै दिल्लीका फरक फरक स्थानमा पसल खोलेका थिए । माग बढेसँगै उनले फ्याक्ट्रि शुरु गरेका थिए । त्यसपछि उनले बैंकबाट कर्जा लिएर दिल्लीको कीर्तिनगरमा पहिलो फ्याक्ट्री स्थापना गरेका थिए ।

आज उनको सम्पत्ति २ हजार करोड भारुको बनेको छ । एमडीएच मसला आज भारतसँगै दुबईमा गरी १८ वटा फ्याक्ट्री छन् । जसबाट उत्पादित मसला कैयन देशमा बिक्री हुँदै आएको छ । यो समय एमडीएच मसलाका ६२ उत्पादन बजारमा छन् । कम्पनीका अनुसार भारतमा मात्रै ८० प्रतिशत बजार हिस्सा कम्पनीसँग छ ।

उनले आफ्नो कम्पनीको विज्ञापनमा आफै देखिन्थे ।

पाँच कक्षा पास ९४ वर्षे बृद्ध जसको तलब ३३ करोड रुपैयाँ !

गुलाटीले ५ कक्षासम्मको मात्रै शिक्षा लिएका थिए । र, सबैभन्दा बढी कमाउने सीइओ समेत थिए । सन् २०१८ मा उनको पारिश्रमिक वार्षिक २५ करोड भारु थियो । तर उनले त्यसको ९० प्रतिशत हिस्सा दान गरेर सकाउँथे । उनलाई भारत सरकारले सबैभनदा ठूलो नागरिक सम्मान पद्यम भुषणबाट समेत सम्मानित भएका थिए ।


क्लिकमान्डु