बजार पुँजीकरण २८ खर्ब नजिक, नयाँ ८ कम्पनीको मात्रै ६.३२ प्रतिशत हिस्सा



काठमाडौं । बुधबार सेयर बजारमा पुँजीकरण बढेर २७ खर्ब ७५ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्स)का अनुसार बुधबार बजार पुँजीकरण २७ खर्ब ७५ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बुधबार नेप्सेले नयाँ रेकर्ड २०७१.०२ कायम गरेको दिन पुँजिकरण २८ अर्बको हाराहारीमा पुगेको छ ।

कुल २१२ वटा कम्पनीमध्ये नयाँ आएका ८ वटा कम्पनीको बजार पुँजिकरणमा ६.३२ प्रतिशत हिस्सा छ ।

अहिले बजार पुँजीकरण मात्रै बढेको छैन । पछिल्लो समयमा नेप्सेमा सूचिकृत हुने कम्पनीको संख्या बढेको र कारोबारमा लगानीकर्ता आकर्षित हुँदा बजार पुँजीकरण बढि नै रहेको छ । पछिल्लो समयमा नेप्से परिसूचकका साथै कारोबार रकममा बढोत्तरी हुँदा पुँजीकरण पनि बढी नै रहेको छ ।

बजार पुँजीकरण बढनमा नयाँ आएका कम्पनीको योगदान पनि निकै देखिएको छ । पछिल्लो समयमा झण्डै दर्जनको हाराहारीमा कम्पनी सूचीकृत भएका छन् । त्यसमा पनि ८ वटा कम्पनीको बजार पुँजीकरणमा योगदान निकै देखिएको छ । ८ वटा कम्पनीको बजार पुँजीकरणमा योगदान २ खर्ब २७ अर्ब ८६ करोड ३ लाख १४ हजार १२६ रुपैयाँ छ ।

नयाँ ८ कम्पनीको बजार पुँजीकरण

त्यसमा पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ७५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सको १४ अर्ब ४४ करोड ८० लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ७ अर्ब, साधना लघुवित्त वित्तीय संस्थाको २ अर्ब ४३ करोड ४ लाख २४ हजार ८००, एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको ११ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छ ।

यस्तै एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४ अर्ब ५९ करोड ८६ लाख ८९ हजार ३२६ रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सको ६ अर्ब २७ करोड, जनरल इन्स्योरेन्सको ६ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

यी कम्पनी केही समय अघि मात्रै पुँजी बजारमा सूचिकृत भएका हुन् । केही समय यता सूचिकृत भएका कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनीले किनै उछाल ल्याएको छ ।

बुधबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १५९ रुपैयाँले बढेर १७५८ बिन्दुमा पुगेको छ । एक महिनाको अवधिमा कम्पनीको सेयर मूल्य झण्डै १ हजारको रुपैयाँको हाराहारीमा बढेको छ ।


क्लिकमान्डु