सेयर बजार ७० अंकले बढ्दा पनि ४१ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । सेयर कारोबारमा ७०.६२ अंकको उछाल आउँदा डेढ दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २०१ कम्पनीको कारोबारमा ११७ कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिएको छ भने ४१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा सकारात्मक सर्किट लाग्ने कम्पनीमा अधिकांश माइक्रोफाइनान्स नै रहेका छन् । साथै बिशाल बजार कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, नेको इन्स्योरेन्स, शिवम सिमेन्ट लगायत रहेका छन् ।

कारोबारमा यूनिलिभर नेपाल, नेपाल बंगलादेश बैंक, अरुण भ्यालि हाईड्रोपावर, जोशी हाईड्रोपावर, साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन जनरल इन्स्योरेन्स, यूनाइटेड मोदी, रिढी हाईड्रोपावर लगायत कम्पनी रहेका छन् ।


क्लिकमान्डु