बीमा र माइक्रोफाइनान्समा उछाल, नेप्से परिसूचकमा नयाँ रेकर्ड कायमै



काठमाडौं । सेयर बजारले दैनिक रुपमा नयाँ नयाँ रेकर्ड कायम राखि नै राखेको छ ।

नेप्से मापन गर्ने सूचक ७०.६२ अंकले बढेर नेप्से परिसूचक अहिलेसम्मकै उच्च २०७१.०२ बिन्दुमा रोकिएको छ ।

२०१ कम्पनीको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता सेयर ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.२५ अंकले बढेर ३९६.०४ बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचकमा भने सामान्य सुधार देखिएको । बैंकिङ समूहको उपसूचक ६.३८ अंकले बढेको छ भने यस्तै होटल, विकास बैंक, जलविद्युत, निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा सुधार देखिएको छ ।

यो दिन बीमा कम्पनी र माइक्रोफाइनान्स समूहको उपसूचकमा उछाल आउँदा बजारमा सुधार देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ७१ लाख ७३ हजार ५८७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंक रहेका छन् ।


क्लिकमान्डु