वोमी लघुवित्तले लगानीकर्तालाई ३० प्रतिशत बोनस दिने



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ सम्मको वितरणयोग्य मुनाफाबाट ३० प्रतिशत बोनस दिने भएको छ ।

संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । संस्थाले नागरिक लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जर गरेको छ ।

मर्जर पछि एकिकृत कारोबार समेत आर्थिक वर्ष २०७६/०७७ मा शुरुवात गरिसकेको हुँदा आयकर ऐन बमोजिम बोसन सेयरमा लाग्ने कर छुट हुने जनाएको छ ।


क्लिकमान्डु