सुनको मूल्य बुधबार पनि प्रतितोला ५ सयले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार बढेर ९१ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९० हजार ५५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु