काठमाडौं जिल्ला प्रशासनले भन्यो- सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्नु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना भाइरसको महामारी तीव्ररुपमा बढिरहेकाले भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै कार्यालयले विभिन्न माग राखी राजनीतिक तथा भिडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न भनेको हो ।

कार्यालयले पछिल्लो समय यस्ता गतिविधि बढिरहेकाले स्थितीलाई भयावय बनाउने किसिमका भएको र साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा अनुरोध गरेको छ ।

माथि उल्लेख भए बमोजिमका क्रियाकलाप गरे÷गराइएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताएको छ ।


क्लिकमान्डु