सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा आइतबार बढेर ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९० हजार ५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु