प्रधानमन्त्री ओलीले खोले टिकटक अकाउन्ट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयको लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा पनि खाता खोलेका छन् । केपी शर्मा ओली अन्डरस्कोर अफिसियल नामको अकाउन्ट भेरिफाइड पनि भइसकेको छ ।

हालसम्म १५७९ जना फलोअर्स खातामा भइसकेका छन् । हालसम्म एउटा मात्रै भिडियो हालिएको छ । जसलाई १ लाख ३३ हजार १ सय पटक हेरिसकिएको छ भने भिडियोमा ९ हजार ३१२ लाइक र १९६ वटा कमेन्ट आइसकेका छन् । त्यसका साथै १५० पटक सेयर पनि भइसकेको छ ।

भिडियोमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मालपोल, विद्युत् महसुल, आन्तरिक राजस्व, भन्सार महसुल, सवारी चालक अनुमति पत्र र नविकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया शुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचय पत्रलाई सेवाप्रवाहको मुख्य आधार बनाउने गरी काम समेत अगाडि बढाएको छ ।’

भिडियोको क्याप्सनमा ‘वि आर वर्किङ अन सर्भिस इन्टिग्रेसन’ लेखिएको छ भने ह्यासट्यागमा डिजिटल नेपाल राखिएको छ । तर प्रोफाइलमा भने प्रधानमन्त्री ओलीको फोटो नराखी अंग्रेजी अक्षर डब्ल्यु राखिएको छ ।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal♬ original sound – We support Nepal – KP Sharma Oli


क्लिकमान्डु