बाटोमा भेटियो २ लाख ३५ हजार, सम्पर्क गर्न प्रहरीको अनुरोध



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी डिभिजनले आइतबार ललितपुरको महालक्ष्मी स्थानमा भेटिएको २ लाख ३५ हजार रुपैयाँ र एकथान नागरिकता लिनका लागि सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।

मंसिर १४ गते साँझ ७ बजेर ४० मिनेटको समयमा ललितपुरको महालक्ष्मी स्थान चोक सडकमा बा ८७ प ७३५५ नम्बरको मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा फेला पारेको थियो । तत्कालिन समयमा चोकमै खटिएका ट्राफिक प्रहरी रुपेश चौधरीले शंका लागी हेर्दा प्लास्टिकमा २ लाख ३५ हजार नगद र एकथान नागरिकता भेटिएको थियो ।
हाल नगदसहित ती मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

बरामत भएको नागरिकतामा प्रमोद आचार्यको नाममा रहेको र ठेगाना चितवन जिल्ला गर्दी–२ मा ठेगाना रहेको उल्लेख छ । प्रहरीले तत्काल सम्पर्क गर्न भनेको छ ।


क्लिकमान्डु