सुनको मूल्य घट्यो, तोलाको ९० हजारमा झर्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । गत मंसिर ८ गतेबाट निरन्तर ओरोलो लागेको सुन आजसम्म आइपुग्दा ४३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ८९ हजार ५५० सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु