क्लिकमाण्डूकर्मी थपलियाले पाए यस वर्षको सेजन अवार्ड



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रत्येक वर्ष प्रदान गर्दै आएको सेजन अवार्ड यसवर्ष क्लिकमाण्डू डटकमका पत्रकार सोभित थपलियाले पाएका छन् ।

सेजन स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थपलिया र नागरिक दैनिकका पत्रकार बालकृष्ण ज्ञवालीलाई प्रदान गरे ।

पत्रकारद्वय थपलिया र ज्ञवालीले जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । थपलियाले विद्युतीय माध्यम र ज्ञवालीले छापामाध्यमबाट अवार्ड पाएका हुन् ।

पत्रकार थपलियाले हिमालयन डिस्टिलरीले गरेको इन्साइडर ट्रेडिङसम्बन्धी समाचार लेखेका आधारमा पुरस्कार प्राप्त गरेका हुन् । थपलिया सेयर बजार, बीमा, सहकारी, कृषि क्षेत्रसँग सम्बन्धित विषय कलम चलाउँछन् ।

कार्यक्रममा लक्ष्मण हुमागाई, एकराज पाठक, लोकबहादुर चापागाइ र प्रशन्न चित्रकार सम्मानित भएका छन् । त्यसैगरी कारोबारकर्मी लक्ष्मी सापकोटा र नयाँपत्रिकाकर्मी जीवन बस्नेतले फेलोसिप प्राप्त गरेका छन् ।


क्लिकमान्डु