बेलायती अर्बपतिसँग मिलेर हुन्डाईले ५ खर्ब लगानीमा ‘हाइड्रोजन कार’ बनाउने



काठमाडौं । सवारी साधन निर्माता कम्पनीहरुले पनि पछिल्ला दिनमा नयाँ-नयाँ सोचका साथ आरामदायी र वातावरणमैत्री सवारी साधन निर्माणमा जोड दिन थालेका छन् ।

उनीहरुले वातावरणलाई पनि ध्यान दिँदै, दिगो र दीर्घकालीन सोचका साथ अघिबढ्ने लक्ष्यसमेत तय गरेका छन् ।

समयले अब पेट्रोलियम पदार्थको विकल्प खोज्दै गएको छ ।

इन्धनको भण्डारण सकिँदै गएका कारण सवारी साधन निर्माता कम्पनीहरु क्रमशः विद्युतीय सवारी साधनको निर्माणमा लागेका छन् ।

बिजुलीबाट चल्ने सवारी साधन निर्माणमासमेत उल्लेख्य सफलता हासिल गरेपछि अब उनीहरुको ध्यान क्रमशः अन्य अन्य खालका विकल्पहरुमा पनि गएको छ ।

लोकप्रिय कार निर्माता कम्पनी हुन्डाईले अब बिजुली सवारीबाट पनि माथि उठेर हाइड्रोजनको प्रयोग गरेर सवारी साधन निर्माण गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

हुन्डाईको हाइड्रोजन कार एक महत्त्वाकांक्षी परियोजनासमेत रहेको छ ।

हुन्डाई मोटरले हाइड्रोजन प्रविधिको प्रयोग गरेर कार निर्माण गर्ने गरी एक बेलायती रासायनिक पदार्थको कारोबार गर्ने अर्बपतिसँग महत्वाकांक्षी सम्झौता गरेको छ ।

उक्त प्रविधिको संयुक्त विकास एवम विस्तार तथा अन्वेषण सम्बन्धी सम्झौता समेत भइसकेको छ । दक्षिण कोरियाली कार निर्माता कम्पनीको उक्त महत्त्वाकांक्षी परियोजनाको पछाडि शून्य उत्सर्जन सवारी निर्माण नै रहेको बताइन्छ ।

हुन्डाई कम्पनीका अध्यक्ष इसुङ चुङले बेलायती अर्बपति जिम र्याटिक्लफसँग मिलेर व्यवसायिकरुपमा हाइड्रोजन प्रविधिबाट काम गर्ने सम्झौता गरेका छन्

उनीहरुले आइतबार सम्झौतापछि भनेका छन् कि- यसले व्यावसायिक उपयोगका लागि हाइड्रोजन उत्पादन र आपूर्तिका लागि समेत समझदारी आफैमा महत्वपूर्ण रहेको छ ।

विश्वमा केही ठूला कार निर्माता कम्पनी जसले हाइड्रोजन इन्धन सेल उत्पादन गर्न सक्दछन् ।

ती वातावरणमैत्री कारहरू जसले उनीहरूको पुच्छरबाट पानीको बाफमात्र निकाल्छन् । ती कारबाट वातावरण विनाशक कुनै पनि ग्यास उत्सर्जन हुँदैन ।

उक्त सम्झौतामा यो पनि भनिएको छ कि दुबै पक्षले बेलायती समूहलाई प्रारम्भिक चरणमा यसको पावरट्रेन निर्माणका लागि विभिन्न विकल्पको विविधीकरण गर्न सहयोग गर्नेछ ।

त्यसले आफनै खालको इन्धन सेल प्रणालीको प्रयोगको बारेमा समेत मूल्यांकन गर्नेछ ।

इनोससंगको साझेदारी हुन्डाईका लागि समेत अर्थपूर्ण छ किनभने कोरियाली कम्पनीले हाइड्रोजन उत्पादन, भण्डार र ईन्धन निर्माण गर्ने पूर्वाधारमा चुनौती सामना गरेको छ ।

लक्स रिसर्चका सिंगापुरस्थित वरिष्ठ विश्लेषक यू यूसाङहेनका अनुसार इनोससँगको सम्झौताले हाइड्रोजन उत्पादन र ह्यान्डलिङ कसरी गर्ने भन्ने कुराकम महत्वपूर्ण काम हुनेछ ।

यसले सडकमा बढ्ने हाइड्रोजन इन्धन सेलले सवारी सवारीहरूलाई सहयोग पुर्याउन आवश्यक इन्धनको पूर्वाधार निर्माण गर्न भूमिका खेल्नसक्छ ।

हुन्डाईको इन्धन सेल प्रणाली कोरियाली कार निर्माताको नेक्सो जुन खेलका लागि प्रयोग हुने सवारीमा प्रयोग भएको छ, त्यो असाध्यै प्रभावकारी भएको छ ।

पहिले नै विश्वसनीय र प्रभावकारी साबित भएको प्रणालीका बारेमा इनोसले पनि थप केही गर्नुपर्ने वा नपर्ने भन्ने बारेमा थप स्पष्ट पार्नेछ ।

हुन्डाईले त्यसका लागि ६.५ बिलियन डलर लगानी गर्नेछ । त्यो भनेको ४ खर्ब ८० अर्ब ६७ करोड ६६ लाख नेपाली रुपैयाँ बराबर हो ।

हाइड्रोजन आर एण्ड डिको सुविधा बिस्तारका लागि २०३० सम्म उक्त लगानी गरिनेछ । हुन्डाईले २०१९ मा एउटा मोडल प्रदर्शनीमा राखेको थियो ।

यू का अनुसार विदेशी साझेदारीमा अघिबढ्न लागेको हुन्डाईले कार निर्माता ग्राफिक प्रोसेसर डिजाइनर एनभिडिया र चिनियाँ इन्टरनेट खोज प्रदायक वाइडू डट कमसँग मिलेर धेरै सक्रियताका साथ काम गरिरहेको छ ।

इनोसको विश्वास छ कि गाडीको हाइड्रोजन टेक्नोलोजी विशेष गरी राम्रोसँग काम गर्दछ । त्यसमा रासायनिक प्रतिक्रियाका क्रममा आवश्यक सेलहरु घट्ने छैनन् सामान्य ब्याट्रीले गरे जस्तै काम गर्नेछ ।

यसको सट्टा तिनीहरू हाइड्रोजनको स्थिर आपूर्तिमा रहन्छन् । र, इन्धन आपूर्तिको लागि काम गर्नेछ ।

एलाइड मार्केट रिसर्चको एक शोध रिपोर्टअनुसार हुन्डाईले हाइड्रोजनमा प्रभुत्व पाउन बीएमडब्ल्यू, डेमलर, होंडा, टोयोटा र अन्य ठूला सवारी निर्मातासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिवेदन अनुसार २०१८ मा हाइड्रोजन सेल भएको सवारी साधन नै ६५१.९ मिलियन डलर बराबरको रहेको थियो ।

सन् २०२६ सम्म बजार बिस्तार गर्दै जाने लक्ष्यसमेत राखिएको छ ।

वातावरणीयरुपमा बढ्दै गएको चिन्ता, सरकारको पहललाई समेत ध्यान दिएर सम्बन्धित पूर्वाधारका ठूलो लगानीकारुपमा हाइड्रोजन सेल नै रहेको छ । किनकी यो महत्वाकांक्षी परियोजना रहेको स्वयम हुन्डाईको विश्वास छ ।


क्लिकमान्डु