सगरमाथा इन्स्योरेन्सको नाफा १०.९१ % ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा १०.९१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५ करोड १ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन बढेर ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३२ करोड ४९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
१ अर्ब १२ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५५ करोड २० लाख ७५ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको बीमा कोषमा ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यस्तै महा विपत्ती जगेडामा १३ करोड ४७ लाख ५४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा रहेको छ ।