नेको इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ६५.२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ७ करोड ५३ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन बढेर ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३३ करोड १३ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५८ करोड ४ लाख ८ हजार रुपैयाँ छ ।

इन्स्योरेन्सको बीमा कोषमा ८९ करोड ३९ लाख २३ हजार रुपैयाँ रहेको छ । यस्तै महा विपत्ती जगेडामा ८ करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा रहेको छ ।


क्लिकमान्डु