अपि पावर कम्पनीको हकप्रद शेयर भर्ने आज अन्तिम दिन



काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर भर्ने आज (बिहीबार) अन्तिम दिन हो ।

कम्पनीले कात्तिक १४ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुुला गरेको छ ।

हकप्रदको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदको लागि अपि पावर कम्पनी ट्रेड टावर, थापाथली, सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकको शाखा कार्यालय पोखरा, विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

यस्तै ग्लोबल आइएमई बैंकको गोकुलेश्वर, नौगाड, खलंगा र बैतडीको शाखाबाट पनि आवेदन दिन सकिनेछ । यता धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट हकप्रदमा आवेदन दिन सकिने छ ।


क्लिकमान्डु