शिखर इन्स्योरेन्सको नाफा थोरै बढ्यो



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २३ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ०.७३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा १२ करोड १४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले यो अवधिमा ४३ करोड ४० लाख ३८ हजार रुपैयाँमा खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा कमी हो । गत आवको सोही अवधिमा इन्स्यारेन्सको खुद बीमा शुल्क आर्जन ४५ करोड ८३ लाख ३५ हजार रहेको थियो ।

तीन महिनामा कम्पनीको बीमा कोषको आकार १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ थियो ।

१ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८९ करोड ७४ लाख ८७ हजार रूपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ५ पैसा रहेको छ ।


क्लिकमान्डु