नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य बढोत्तरी



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको नाफा २.५७ प्रतिशतले बढेर ११ करोड ८३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख ९६ हजार रुपैयाँ थियो ।

यो अवधिमा इन्स्योरेन्सले २ अर्ब ८० करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ९१ करोड २१ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सको तीन महिनामा जीवन बिमा कोषमा ३५ अर्ब ९४ करोड २४ लाख ३५ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा २९ करोड ७ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोषमा भने १ अर्ब १४ करोड २७ लाख १६ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८६ पैसा रहेको छ ।


क्लिकमान्डु