एसियन लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ४० लाख ४८ हजार ६७ रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १३३.७५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा ४ करोड २ लाख ३३ हजार ६६३ रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा खुद बिमा शुल्क १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ८८ करोड ८६ लाख ५९ हजार ४७९ रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड ७ लाख ६० हजार ७२७ रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड १७ लाख ८ हजार ५५९ रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा २३ अर्ब ६ करोड ४ लाख ९२ हजार ४४३ रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा ७ करोड ६ लाख ६४ हजार ४४२ रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७१ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९३ पैसा रहेको छ ।


क्लिकमान्डु