अजोडको नाफा ५८० % ले बढ्यो, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सले ५ करोड ३० लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुुन गत आवको सोही अवधिको तुलनामा ५८०.४४ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा ७७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन ११ करोड ५६ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा ७ करोड ९५ लाख रुपैयाँ रहेको थियो । १ अर्ब चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सको बीमा कोषमा ८ करोड ८१ लाख र महाविपत्ती जगेडा कोषमा ९७ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७२ पैसा छ ।


क्लिकमान्डु