सूर्या लाइफ इन्स्योरेन्सले साढे १० प्रतिशत लाभांश दिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयर लगानीकर्तालाई १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले उक्त लाभांश दिनको लागि बीमा समितिमा स्वीकृतिको लागि निवेदन पेश गरेको छ । समितिले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।