कोरोना बीमाको दाबी भुक्तानी पाउनु भएन, बीमा समितिको यी नम्बरमा गर्नुहोस फोन



काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीलाई सरल बनाउन भन्दै टोल फ्रि सेवा सञ्चालनमा ल्याएको छ ।

समितिले यसको टोल फ्रि नम्बरका साथै तीन जना कर्मचारीलाई नै खटाएको छ । टोल फ्रि नम्बर नम्बरका साथै तीन जना कर्मचारीहरु पुजन ढुंगेल (अधिकारी), निर्मल अधिकारी र केदार नाथ भट्टलाई जिम्मेवारी दिएको छ ।

कोरोना बीमा गरेका जो कोहीले पनि कुनै समस्या भोग्नु परेको खण्डमा उल्लेखित नम्बरमा सम्पर्क गरेर आफ्नो समस्या राख्न सकिने छ ।

कोरोना बीमालेख तथा सोको दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श तथा गुनासो सुनुवाईको लागि समितिले यो सेवा सुरु गरेको जनाएको छ ।


क्लिकमान्डु