बिना जानकारी गलत एप डाउनलोड गर्नुभएको छ ? चोरी होला नि तपाईंले बैंकमा राखेको पैसा



काठमाडौं । तपाईले आफ्नो मोबाइल आफना बालबच्चलाई दिने गर्नुभएको छ ? पक्कै पनि दिनु भएको छ । आजकलको समयमा मोबाइल फोन नै बालबच्चाका लागि मन पर्ने साधन बनीरहेको छ ।

तपाईं घरको काममा व्यस्त हुँदा फोन आयो भने उक्त फोन तपाईको बच्चाले उठाउँछ वा तपाईलाई बोलाउन आउँछ ? यदि तपाईको फोनमा कसैको फोन आयो र तपाईलाई नै उठाउन दियो भने भने ठिकै छ । यदि तपाईको बच्चाले नै तपाईको फोन उठायो र फोन गर्ने मानिसले भने अनुसार नै गर्यो भने तपाईका लागि धोका समेत हुन सक्छ ।

किनकी सूचना प्रविधिको अहिलेको जमानामा तपाईले आफ्नो फोन नम्बर नै बैंक एकाउण्टसँग जोड्नु भएको हुन्छ ।

तपाईको सबै सूचना तथा जानकारी समेत फोनमा नै हुन्छ । फोनमा भएको जानकारी तथा सूचना कुनै आपराधिक सोच भएको मानिसले फेला पारेको खण्डमा तपाईले दुःख गरेर, मेहनतका साथ कमाएको पैसा क्षणभरमा नै अरु कसैको खातामा ट्रान्सफर भइसकेको हुनेछ । त्यसकारण तपाईको फोन कोही कसैलाई पनि नदिनुस् र दिएको छ भने भने क्षण क्षणमा त्यसको चेक गरिहनुस ।

भारतमा मोबाइल फोन नै प्रयोग गरेर अत्याधिक सुझबुझका साथ चोरी गर्ने क्रम बढेको छ ।

मोबाइलमा चोरी गर्ने प्रयोजनका लागि तयार पारिएका एप डाउनलोड गर्न लगाएर बैंक खाताबाट पैसा चोरी गर्ने गिरोह संगठित रुपमा नै सक्रिय रहेको पाइएको छ ।

उनीहरुले जानी बु्झीकन मोबाइल नम्बर पत्ता लगाउने, फोन गर्ने र आफूले भने अनुसारको एप डाउनलोड गर्न लगाएर बैंकबाट पैसा चोर्ने गरिएको छ ।

अनलाइनमा धोकाधडी गर्ने नयाँ तरिका सार्वजनिक भएको भन्दै प्रहरी समेत चित खाएको छ ।

समाचार अनुसार पहिला फोन गरेर बच्चाका बाबुको मोबाइलमा एप इन्सटल गर्न लगाएर ९ लाख भारतीय रुपैयाँ चोरी गरेको खुलासा भएको छ । भारतको नागपुरमा उक्त घटना भएको हो ।

पेमेन्ट एकाउण्टको सीमा बढाउने नाममा एप इन्स्टल गराएको पाइएको छ । आजको सूचना तथा प्रविधिको युगमा अनलाइन धोकाधडीका नयाँ नयाँ मामिला सार्वजनिक भइरहेको बेलामा पछिल्लो पटक उक्त घटना सार्वजनिक भएको हो ।

महाराष्ट्रको नागपुरमा सार्वजनिक भएको घटना आम मानिसलाई चक्मा दिने खालको रहेको छ ।

स्थानीय प्रहरीका अनुसार ठगहरुले पहिला बच्चालाई फोन गरेर उसको बाबुको मोबाइलमा एप इन्स्टल गराए । त्यसपछि उसको बाबुको खातामा रहेको ९ लाख रुपैयाँ चोरी गरियो । प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको छ ।

जानकारी अनुसार करोडी निवासी अशोक मानवतेका १५ वर्षीय छोराले उनको मोबाइल चलाउने गथ्र्यो । गत बुधबार एक नचिनेको नम्बरबाट उसको मोबाइलमा फोन आयो ।

सो कल अशोकको छोरालो उठायो । कल गर्नेले आफूलाई एक डिजिटल कम्पनीको कस्टमर केयरको कर्मचारी भएको बतायो । अशोकका अनुसार उनको उक्त मोबाइल नम्बर बैंक एकाउण्टमा लिंक गरिएको थियो ।

फोन गर्नेले क्रेडिटको सीमा बढाउने बतायो । डिजिटल पेमेन्ट अकाउण्टको समिा बढाउने बताएप्छि बच्चाले मोबाइलमा रिमोट डेस्कटप सफ्टवेयर इन्स्टल गरायो । जब ती बच्चाले एप इन्स्टल गरे ।

मोबाइलको रिमोट एक्सेल प्राप्त भयो । त्यसपछि फोन गर्नेले अशोकको बैंक खाताबाट ८.९५ लाख रुपैयाँ उडाइदियो । प्रहरीले सूचना प्रविधिको दुरुपयोग गरेर चोरी गरेको अभियोगमा केस बनाएको छ ।

कसरी बच्न सकिन्छ, यस्ता चोरीबाट

संशास्पद मेल, फोन कल वा म्यासेजमा कुनै पनि ध्यान नदिनुस

कसैलाई पनि एटिएमको पिन नम्बर तथा सिभिभि नम्बर नदिनुस

कसैलाई पनि कारोबारको ओटिपी नदिनुस

नचिनेका मानिसलाई आफनो जन्ममितिको जानकारी नदिनुस

बैंक खातासँग जोडिएको मोबाइल बच्चा भन्दा टाढा राख्नुस

आफनो मोबाइलमा नयाँ एप इन्स्टल नगर्नुस् , गर्नै परे सुरक्षाका उपाय अपनाउनुस

कस्टमर केयरवालालाई आफनो व्यक्तिगत विवरण, पछिल्लो कारोबारको कुनै पनि जानकारी नदिनसु

कुनै पनि प्रकारको लोभ वा लालच र खराब नियतका साथ पठाइएको सन्देश वा फोन कलको बारेमा विश्वास गर्नु पहिले आफै जानकारी लिनुस र त्यस्ता कल वा सन्देशको वास्ता नगर्नुस् ।


पुष्प दुलाल