दशैंमा बाहिरिएको ४० अर्बमध्ये १६ अर्ब बैंकिङ प्रणालीमा भित्रियो



काठमाडौं । बैंकमा जम्मा गरेको पैसा निक्षेपकर्ताले दशै खर्चको लागि ४० अर्ब रुपैयाँ निकालेका थिए । जसमा १६ अर्ब रुपैयाँ दशै सकिएको २ साता पछि १६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा फर्किएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार दशै शुरु हुनअघि अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुमा ३६ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप थियो ।

कात्तिक १ गतेबाट दशै शुरु भएको हो । दशै शुरुभएसँगै अर्थात् कात्तिक पहिलो साता निक्षेपकर्ताले बैंकमा जम्मा गरेका ४० अर्ब रुपैयाँ झिकेका थिए । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमा कात्तिक ६ गतेसम्म ३६ खर्ब १५ अर्ब रुपैयाँ कुल निक्षेप रहेको संघद्वारा प्राप्त तथ्यांकले देखाउँछ ।

तर दशै सकिएसँगै पुनः निक्षेप बैंकमा फर्किने क्रममा छ । संघको तथ्यांकअनुसार कात्तिक २१ गतेसम्म बैंकहरुमा ३६ खर्ब ३८ अर्ब रुपैयाँ कुल निक्षेप छ । जस अनुसार कात्तिक पहिलो साता बाहिरिएको पैसा हालसम्म १६ अर्ब रुपैयाँ भित्रिसकेको देखिन्छ ।

यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने ३० खर्ब ३१ अर्ब रुपैयाँ छ । जुन असोज मसान्तको तुलनामा ४ अर्ब रुपैयाँ बढी हो ।


पुष्प दुलाल