सिटिजन्स बैंकका ग्राहकले संगम स्विटमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका ग्राहकहरुले संगम स्विटका काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।
नजिकिदंै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १ सय ४ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करीब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नयाँ प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल्ली प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने मिल्ने सेवा, मोबाइल बैंकिङको पिन नम्बरं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, कार्ड लगायतका डिजिटल्ली भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।