सिटिजन्स बैंकले खुलायो जागिर, कुन पदमा कति जना ?



काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै विभिन्न पदमा जागिर खुलाएको हो ।

बैंकले असिस्टेन्ट म्यानेजर सिनियर अफिसर पदमा २ जना, असिस्टेन्ट म्यानेजरमा १ जना, एमएसएमई सिनियर अफिसरमा १ जना, गण्डकी प्रदेशका लागि असिस्टेन्ट म्यानेजर १ जनाका लागि जागिर खुलाएको छ ।

त्यसैगरी बैंकले ८ जना जुनियर अफिसरका लागि जागिर खुलाएको छ । बैंकका अनुसार काठमाडौं उपत्यका, कपिलवस्तु जितपुर, दाङ तुलसिपुर, झापा दमक, धरान, जाजरकोट र जुम्लामा काम गर्ने गरी जागिर खुलाएको हो ।

त्यसैगरी बैंकले प्रदेश नम्बर २ मा जुनियर अफिसरतर्फ २ जनाका लागि जागिर खुलाएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले अनलाइनमार्फत् आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका वेवसाइटमा गएर मसिर ७ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु