पियुष अमात्यलाई ७ दिनभित्र ३२ करोडभन्दा बढी रकम तिर्न ऋण असुली न्यायाधिकरणको निर्देशन



काठमाडौं । व्यवसायी पियुषबहादुर अमात्य र उनको परिवारलाई ७ दिनभित्रमा ३२ करोडभन्दा बढी रकम तिर्न ऋण असुली न्यायधीकरणले निर्देशन दिएको छ । न्यायधीकरणले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्रमा ऋणको सावा र ब्याज तिर्न नआएमा कुनैपनि उजुरी नलाग्ने जनाएको छ ।

अमान्यतले नेपाल स्टिल प्रालिको नामा लिएको १५ करोड ९२ लाख १७ हजार ५४ रुपैयाँ एनसीसी बैंकलाई तिर्नुपर्छ ।

यस्तै माउन्टेन्ट एभरेष्ट ब्रुअरीको नामा लिएको ६ करोड ३ लाख ४८ हजार १५ हजार रुपैयाँ तिर्नुपर्छ ।

यस्तै सिनर्जी फाइनान्स(सिभिल) लाई ३ करोड ९६ लाख ६४ हजार रुपैयाँ तिनुपर्छ ।

खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य

लुम्बिनी बैंक(बिओके लाई अमात्य इन्टरप्राइजेजको नाममा लिएको ४४ लाख ८१ हजार रुपैयाँ तिनुपर्छ ।

एनसीसी बैंकलाई एभरेष्ट आइसक्रिम प्रालि  ३६ लाख ८२ हजार रुपैयाँ तिनुपर्छ । लुम्बिनी बैंक(बिओके) लाई दि जनरल ट्रेडिङ एण्ड इन्जिनियरिङ कम्पनी ४ करोड ४७ लाख ६७ हजार रुपैयाँ तिनुपर्छ ।

कुनै बेला राजा विरेन्द्रको परिवारसँग निकट मानिएका र सफल समेत भएका अमात्य पोखराको फुलबारी रिसोर्ट संचालन गरेपछि ओरोलो लागेका थिए ।


क्लिकमान्डु