नेपाल प्रहरीमा १९५ जनाका लागि जागिर खुल्यो



काठमाडौं । नेपाल प्रहरीले भारी संख्यामा रोजगारी खुलाएको छ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीमा १ सय ९५ जनाका लागि भर्ना खुलाएको हो ।

कार्यालय सहयोगीहरुमा भान्से, हजाम, सिलाइ÷बुनाइ, कुचिकार र खेलाडीका लागि भर्ना खुलाएको हो ।

भर्ना खुलाएको कार्यालय सहयोगीमा सबैभन्दा बढी १ सय ४१ जना भान्से छन् । साथै, २७ जना कुचिकार, ८ जना खेलाडी, ६ जना हजाम र ५ जना माली/बगैंचे छन् ।
कार्यालय सहयोगी खेलाडी पदमा आवेदन दिनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तोलन विधामा मात्र दरखास्त दिन पर्नेछ ।

प्रहरी कार्यालय सहयोगीमा इच्छुक आवेदकले मंसिर १५ गतेसम्म आवेदन ७ वटै प्रदेशका सम्बन्धीत प्रहरी कार्यालयमा दिनुपर्ने छ ।


क्लिकमान्डु