रिलायन्स लाइफको नाफा ६२ % ले बढ्यो



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा इन्स्योरेन्सको नाफा ६२.४३ प्रतिशतले बढेर ३ करोड ७३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा नाफा १ करोड ८५ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा इन्स्योरेन्सको खुद बिमा बढेर ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २४ करोड २३ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेको छ । यस्तै जीवन बिमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा छ ।


क्लिकमान्डु