सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकृत, कति पायो ओपन रेन्ज ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएसँगै बुधबारबाट कारोबार समेत हुने भएको छ ।
उक्त सेयरको ओपनिङ रेन्ज न्यूनतम १०३ रुपैयाँ ७३ पैसा रहेको छ भने अधिकतम ३११ रुपैयाँ १९ पैसा रहेको छ ।
पहिलो कारोबार ओपन रेन्ज भित्र हुनुपर्ने छ । इन्स्योरेन्सको १ करोड कित्ता सेयर नेप्सेका सूचीकृत भएको हो ।