पार्टी विभाजन प्रचण्डको कारण हुन लागेको उपप्रधानमन्त्री इश्वर पोखरेलको संकेत



काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण पार्टी विभाजनको नजिक पुग्न लागेको संकेत गरेका छन् ।

नेकपाका स्थायी समिति सदस्य रहेका पोखरेलले एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।

पोखरेलले त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिन्नुपर्ने र खबरदारी समेत गर्नुपर्ने तथा व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन अनुरोध गरेका छन् ।


क्लिकमान्डु