सस्तो मूल्यमा कार र मोटरसाइकल किन्ने हो ? ५ हजारमा मोटरसाइकल, ९ लाखमा स्क्रोपियो



काठमाडौं । सस्तो रकमका दुई तथा चारपाङग्रे सवारी साधन गरिद गर्नेलाई मौका आएको छ ।

सवारी साधन प्रयोग गर्न खोज्ने तर आर्थिक अवस्थाका कारण सवारी साधन प्रयोग गर्न नसकेकाहरुको लागि यो राम्रो अवसर हुने छ । त्यसको लागि जलेश्वर भन्सार कार्यालयले दुई तथा चारपाङग्रे सवारी साधनको लिाम बिक्री गर्ने भएको छ । कार्यालयले त्यसको लागि २१ दिनको लागि सूचना समेत जारी गरेको छ । कार्यालयका अनुसार ११ वटा कार, जीप र टै«क्टर र १२८ वटा मोटरसाइकल रहेका छन् ।

उक्त लिलाममा रहेका सवारी साधन किन्नको लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेकोले त्यसको फारम कार्यालयको लेखा शाखाबाट लिन आग्रह गरिएको छ । लिलाममा रहेका सवारी साधान लिन चाहनेले आफुले साधानको लागि कबोल गरेको रकमको १० प्रतिशत कार्यालयको प्रभु बैंको जलेश्वर शाखाको जलेश्वर भन्सार कोषको खातामा जम्मा गर्न भनिएको छ । त्यसको सक्कल भौचर बोलपत्र फाराम साथै पेश गर्नुपर्ने छ ।

चार पाङग्रे कार, जीपन ५० हजार रुपैयाँ देखि १२ लाख रुपैयाँ सम्म न्यूनतम मूल्य रहेको छ ।

यस्तै दुई पाङग्रे मोटरसाइकलमा न्यूनतम मूल्य ४ हजार ५ सय देखि ४० हजार रुपैयाँसम्म रहेको छ ।


क्लिकमान्डु