ड्राइभिङ लाइसेन्सका लागि बुटवलमा ट्रायल खुल्यो, यस्तो छ तालिका



काठमाडौं । लुम्बिनि प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय बुटवलले ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि ट्रायल खुलाएको छ ।

कार्यालयद्धारा जारी गरिएको सूचना अनुसार यहि कार्तिक १९ गतेदेखि २३ गतेसम्म यसअघि लिखित परिक्षा पास गरिसकेकाहरुको प्रयोगात्मक परीक्षा अर्थात ट्रायल हुनेछ । लिखित परीक्षा पास गरेकाहरुले आफ्नो पालो पर्ने दिन बुटवलको देबीनगरस्थित ट्रायल सेन्टरमा गई रितपुर्वक ट्रायल दिनुपर्नेछ ।

ट्रायल दिने परीक्षार्थीहरु आफ्नो पालो पर्ने दिन सक्कली नागरिकता र प्रवेशपत्र सहित ट्रायल सेन्टरमा जानुपर्ने कार्यालयले जनाएको छ ।

यस्तो छ ट्रायल हुने समय, तालिका र परीक्षार्थीहरुको क्रम संख्या


क्लिकमान्डु