ज्योति लाईफ इन्स्योरेन्सको नाफामा ९२ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले चालु आर्थिक पहिलो त्रैमास ३ करोड ४५ लाख रुपैयाँले नाफा बढाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासको तुलनामा गत आवमा ९१.८६ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीले ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले खुद बीमा शुल्क आर्जनमा ९८.७९ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ५२ करोड ५३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले सो अवधिमा ४२ लाख ८६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । साथै, अभिकर्ता कमिशन बापत ९ करोड ६३ लाख रुपैयाँ वितरण गरेको छ ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ११ लाख रुपैयाँ छ ।

साथै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ २३ पैसा र प्रतिसेयर कुल सम्पती मूल्य २ सय ९० रुपैयाँ २६ पैसा छ ।


क्लिकमान्डु