१० अर्बपतिको सम्पत्ति एकैदिनमा २५ अर्ब अमेरिकी डलरले घट्यो



कोरोना भाइरस महामारीको तीव्रता सँगै युरोपमा प्रतिबन्धको डरले अमेरिकी सेयर बजार ३.५ प्रतिशतले घटेको छ ।

सेयर बजारमा आएको ठूलो उथलपुथलका कारण विश्वका अर्बपतिहरुले समेत आफ्नो सम्पत्ति गुमाएका छन् । संसारका सबैभन्दा धनी १० व्यक्तिले एकैदिन २५ अर्ब अमेरिकी डलर करिब ३० खर्ब नेपाली रुपैयाँ गुमाएका हुन् ।

फोर्ब्सले सेयर बजारमा सूचिकृत कम्पनीहरुको सेयर मूल्यको आधारमा अर्बपतिको रियल टाइम सम्पत्ति राखिरहेको हुन्छ । यो सूचकांक हरेक पाँच मिनेट मा परिवर्तन हुन्छ ।

कोरोना भाइरस झनै बढ्ने खतराको कारण धनीहरुको बजार पूँजीकरणमा आधारित सम्पत्ति गुमेको हो । यद्यपी कोरोना भाइरसकै समयमा यी अर्बपतिको सम्पत्ति बढेको थियो । जसमा सबैभन्दा बढी सम्पत्ति अमेजनका सहसंस्थापक जेफ बेजोसको ७ अर्ब अमेरिकी डलर र फेसबुकका सहसंस्थापक मार्क जुकरवर्गको ५ अर्ब अमेरिकी डलरले गुमेको छ ।


क्लिकमान्डु