हुन्डाई मोटर पाँचौ अटोमोटिभ ब्राण्ड बन्यो



काठमाडौं । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० को अनुसार, हुन्डाई मोटर कम्पनीले अटोमेकरहरूमाझ आफ्नो ग्लोबल ब्राण्ड मुल्य र प्रतिष्ठामा वृद्धि गर्दै आएका छन् ।

एक सर्भेका अनुसार हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ, । यसर्थ हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५ औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड बनेको छ ।

पछिल्लो छ वर्ष देखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक रहेको छ । सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगति गर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा रहदंै आएको छ ।

इन्टरब्राण्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार हुन्डाई मोटर कम्पनीको ब्राण्ड मुल्य ईभी लाइनअप आईओएनआईक्यूको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको मार्केट रेस्पोन्सको कारण वृद्धि हुँदै गएको हो ।

हुन्डाई मोटोर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्च गरिएको इभी ब्राण्डकोबाट आईओएनआईक्यू देखिन्छ । कम्पनीको इन्नोभेट मोडेलमा आईओएनआईक्यूको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको छ । हुन्डाईले इभीको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आईओएनआईक्यूको नयाँ मोडेल सहित बजारको माग अनुसार चल्ने बताएको छ ।

हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ । जस्तै, अमेरिका र भारतमा ‘क्लिक टु बाइ’ सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ । युरोपमा पनि उक्त सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स , २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्रि गरको छ । अमेरिकामा ९५ प्रतिशत भन्दा अधिक ग्राहकले ‘क्लिक टु बाइ’ सेवा प्रयोग गरेका छन् ।


क्लिकमान्डु