जीवन बीमा कम्पनीले एक महिनामै बढाए सवा ११ अर्ब बीमा शुल्क आर्जन (कसको कति )



काठमाडौंं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

भदौमा जीवन बीमा कम्पनीहरुले २० अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । भदौको तुलनामा असोजमा बीमा कम्पनीको बीमा शुल्क आर्जन ११ अर्ब ३२ करोड रुपैयाँले बढेको छ । भदौ महिनामा जीवन बीमा कम्पनीले ७ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । असोजमा यो बढेर ९ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

यस्तै भदौमा नविकरण बीमा शुल्क १५ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा असोजमा २३ अर्ब २० करोड रुपैयाँ रहेको छ । भदौमा बैदेशिक रोजगार बीमा शुल्क २ करोड रुपैयाँ रहेकोमा असोजमा ४ करोड रुपैयाँ पुगेको छ ।

१९ वटा जीवन बीमा कम्पनीमा सन नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले मात्रै वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि निकै परेको छ । कोरोनाले गर्दा नेपालमा ४ महिना लकडाउन पछि निषेधाज्ञा जारी भयो । अहिले केही खुकुलो भएको छ ।

लकडाउनको समयमा कम्पनीहरुको बीमा शुल्क आर्जन, नविकरण बीमा शुल्क र वैदेशिक रोजगार बीमा शुल्क आर्जनमा सुधार देखिँदै आएको छ । भदौको तुलनामा असोजमा निकै सुधार देखिएको तथ्याङकले देखाएको छ ।

बीमा समितिका अुनसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले उक्त ३२ अर्ब २८ करोड रुपैयाँ संकलन गरेका हुन् ।

बीमा समितिका अनुसार असोज मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले ९ अर्ब १ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमा प्रथम बीमा शुल्क २ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ६ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पोरेशनले ५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने नविकरणतर्फ ४ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले असोज महिनामा ४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ३६ अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दा ३ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको तथ्याङकले देखाएको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ८२ करोड रुपैयाँ प्रथम बीम शुल्क र २ अर्ब करोड रुपैयाँ नविकरण बीमाशुल्क रहेको छ ।

मेट लाइफले १ अर्ब २२ करोड बीमा शूल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क २९ करोड र नविकरण बीमाशुल्क ९३ करोड रुपैयाँ रहेको बीमा समितिले जनाएको छ ।

यस्तै एशियन लाइफले असोज सहिनासम्ममा १ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क ४९ करोड र नविकरण बीमा शुल्क ९८ करोड रुपैयाँ रहेको छ ।

सुर्य लाइफले ८५ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क २८ करोड र नविकरण बीमा शूल्क ५७ करोड रुपैयाँ रहेको छ ।

यता गुँरास लाइफ इन्स्योरेन्सले ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शूल्क २९ करोड र नविकरण शूल्क ६८ करोड रुपैयाँ रहेको छ ।

प्राइम लाइफले १ अर्ब ६ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ३७ करोड र नविकरण बीमा शुल्क ६९ करोड रुपैयाँ रहेको छ ।

यस्तै आईएमई लाइफ इस्योरेन्सले यो महिनासम्ममा ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसमा प्रथम बीमा शुल्कको हिस्सा २९ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क २५ करोड रुपैयाँ रहेको छ ।

यता यूनियन लाइफले १ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ८२ करोड प्रथम बीमा शुल्क र ७० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

ज्योति लाइफले असोजसम्ममा ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ३१ करोड रुपैयाँ र नविकरण बीमा शुल्क २३ करोड रुपैयाँ आर्जन गरेको छ ।
यस्तै सन नेपाल लाइफ ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क २३ करोड,
नविकरण बीमा शुल्क १८ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क २ अर्ब रुपैयाँ आर्जन गरेका छन् ।
रिलायन्स लाइफले ४८ करोड बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क २५ करोड रुपैयाँ र नविकरण बीमा शुल्क २३ करोड रुपैयााँ रहेको छ ।

५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको रिलायबल नेपाल लाइफले प्रथम बीमा शुल्क ३७ करोड र नविकरण बीमा शुल्क १७ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार सिटिजन लाइफले ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ३१ करोड प्रथम बीमा शुल्क र ३० करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । यस्तै वैदेशिक रोजगार बीमा शुल्क २ करोड रुपैयाँ आर्जन गरेको छ ।

यता सानिमा लाइफले असोज महिनामा ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा २२ करोड प्रथम बीमा शुल्क र १३ करोड नविकरण बीमशुल्क आर्जन गरेको छ ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्सले २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १३ करोड र नविकरण १२ करोड मात्रै रहेको छ ।

महालक्ष्मी लाइफले २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १३ करोड नविकरण बीमा शुल्क ७ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ ।


क्लिकमान्डु