डिसहोमकाे फाइबर नेट थप ४ ठाँउमा विस्तार



काठमाडौं । डिसहोम फाइबर नेट थप ४ नयाँ ठाउँमा उपलब्ध हुने भएको छ । जसमा जडिबुटी, पेप्सीकोला, कडाघरि र बागडोलमा उपलब्ध हुने भएको हो ।

उपभोक्तामा उच्च गतिको इन्टरनेट सेवाको माग पुरा गर्न डिटीएच प्रयोगकर्ताहरुलाई सेवा प्रदानगर्न फेब्रुअरी २०२० मा डिसहोम फाइबर नेटको प्रबद्र्धन गरिएको थियो।

छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको लागि सम्पूर्ण व्यवसाय तथा उपभोक्ताप्रति डिसहोम फाइबार नेट प्रतिबद्ध रहेको जनाएको छ ।

सबैभन्दा महत्वपूर्ण डिसहोम फाइबर नेटलाई छनौट गर्दा त्यहि कम्पनी छनौट गर्न सक्नेछ । जसले उपभोक्ताको समुदायको भविष्यमा लगानी गरेको छ ।

कम्पनीले सिम टिभीसंगको सहकार्यमा आफ्नो आईपीएस सेवा शुरु गरिएको छ ।
डिशहोम फाइबर नेटले व्यवसाय तथा पारखीहरुमा बढ्दो वायरलेस उपकरणहरुको प्रयोगले गर्दा ब्रोडब्यान्ड क्षमताको विस्तारमा सहयता गर्नेछ । देशलाई संचार सेवाहरुमा थप आधुनिकीकरण गर्न सक्षम बनाउनेछ ।

डिशहोम फाइनबर नेट भैसेपाटी, बुंग्मति, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा उपलव्ध रहेको छ । आफ्ना सेवाहरुको विस्तार काठमाडौँ उपत्यकाको रिंग रोड र बाहिर यो वर्ष पहुँचमा ल्याउन नयाँ योजनाहरुमा कम्पनीले काम गरिरहेको छ ।


क्लिकमान्डु