एनएलजी इन्स्योरेन्सको साधारण सभा मंसिर ५ मा, ७ % बोनस



काठमाडौं । एनएलजी इन्स्योरेन्सले मंसिर ५ गतेको लागि साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले उक्त बार्षिक साधारण सभा कोरोनाको त्रासको कारण वेवनारमार्फत गर्ने भएको छ ।  उक्त साधारण सभामा सेयर लगानीकर्ताको लागि ७.०३७ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५-०७६ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र त्यसको कर तिर्नका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । उक्त प्रस्ताव साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

इन्स्योरेन्सले साधारणसभाको लागि कात्तिक २५ गते एक दिनकोे लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । कात्तिक २४ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन पाउने छन भने उक्त लाभांश पनि पाउने छन ।


क्लिकमान्डु