गुराँस लाइफले पटक-पटक परिवर्तन गर्यो बोनस दर, नेप्सेले सोध्यो प्रष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई स्पष्टिकरण सोधेको छ ।

इन्स्योरेन्सले लगानीकर्तालाई दिने लाभांश दरमा पटक पटक परिवर्तन गरेको भन्दै नेप्सेले तीन दिने प्रष्टिकरण दिएको हो ।

नेप्सेका अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्मको नाफाबाट १३.१० प्रतिशत बोनस दिने भनेको र पुन ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भनेर सूचना परिवर्तन गरेको भन्दै स्पष्टिकरण सोधेको हो ।

इन्स्योरेन्सको २०७६ कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले १३.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले पुनः २०७७ कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२५ प्रतिशत बोनस शेयर दिने भन्दै दशौँ वार्षिक साधारण सभाको लागि शेयर दाखिला खारेज बन्द (बुक क्लोज गर्न) लागेको नेप्सेले जनाएको छ । कम्पनीले पटक पटक किन सूचना परिवर्तन गरेको भन्दै नेप्सेले प्रष्टिकरण सोधेको हो ।


क्लिकमान्डु