कोरोना बीमा गर्नेको उपचार खर्च बीमा रकमबाट काटिने



काठमाडौं । कोरोना लागेका बिरामीले कोरोना बीमा गरेको छ भने उपचारको क्रममा लागेको खर्च बीमा रकमबाट काटिने भएको छ ।

बीमा समितिले निर्जीबन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै आर्थिक रुपले विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङगा भएका व्यक्ति, जेष्ठ नागरिक।

स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतलाई कोरोना लागेको खण्डमा उनीहरुले गरेको बीमा रकमबाट उपचार गर्ने जानकारी गराएको छ ।
उनीहरुले कोरोना बीमा नगरेको भएपनि सरकारले परिक्षण तथा उपचार निःशुल्क गर्ने छ ।

समितिका अनुसार असोज १९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसाकोरोना भाइसरको संक्रमणको उपचार बापत अस्पतालहरुलाइर्ए अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ मा भएको दोस्रो संशोधन अनुसार कोरोना बीमा गर्नेको उपचारमा लागेको खर्च बीमा रकमबाट व्यहोर्ने भएकोे हो ।

सिमितिले निर्जीबन बीमा कम्पनीलाई सोही अनुसार व्यवस्था मिलाउन समेत भनेको छ ।


क्लिकमान्डु