पूर्वगर्भनर नेपालले बुबाका नाममा गरे अक्षयकोष स्थापना



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवि नेपालले पिता कुलाचन्द्र ठाकुर नेपालको नाममा अक्षय कोष स्थापना गरेका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका-७ निवासी डा. चिरञ्जीवि नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गीय पिता नेपालको नाममा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

उक्त अक्षयकोषबाट ‘कुलाचन्द्र स्मृति सर्वप्रथम पुरस्कार’ नेपाल प्रहरीको निरिक्षकको आधारभूत तालिममा प्रथम हुनेले पाउने छन् नेपालले जानकारी दिए ।

‘बुबाको नाममा दुबै भाईले अक्षय कोष स्थापना गरेका छौं, त्यसबाट प्राप्त हुने ब्याज ५० हजार र ताम्रपत्र हरेक वर्ष प्रहरी निरिक्षकको तालिममा प्रथम हुनेलाई प्रदान गरिनेछ,’ नेपालले क्लिकमाण्डूसँग भने ।

वि.स. २०१५ सालमा स्वर्गीय नेपाल प्रहरी निरिक्षकको तालिममा प्रथम भएका थिए ।

प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा संचालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरिक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनका लागि कुलान्द्र स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो।


क्लिकमान्डु