शिलान्यास गरेको ४ वर्ष ९ महिनापछि राष्ट्रपति भण्डारीले गरिन रानीपोखरीको उद्घाटन
काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ । बुधबार राष्ट्रिपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुननिर्माण सम्पन्न भएसँगै बुधबार उद्घाटन गरिएको हो ।
रानीपोखरीको २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट«पति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् ।
यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।
१९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । फेरि रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।