दशैंमा पनि हवाई भाडा पहिले जस्तो बढेन, कुन गन्तव्यका लागि कति भाडा ?



काठमाडौं । विगतका वर्षमा दशैं मान्न काठमाडौं उपत्यका छाड्नेको संख्या अत्यधिक हुन्थ्यो । जसका कारण बस र हवाई जहाजको टिकट पाउन निकै गाह्रो हुन्थ्यो । पाइहाले पनि हवाई जहाजको भाडा निकै महंगो हुन्थ्यो ।

अझ दशैंको विदा हुने फुलपातीको अघिल्लो दिनदेखि दशैंको दिनसम्मको टिकट मूल्य उच्च मूल्यको हुन्थ्यो । तर यो वर्ष भने कोरोनाका कारण पहिले नै मानिसहरु उपत्यका छाडिसकेको र धेरैले घर नगइ दशैं मनाउने निर्णय गरेकाले यस वर्ष हवाई टिकट पाउन गाह्रो छैन । त्यसमाथि विगतका वर्षमा जस्तो महंगो पनि छैन ।

कोरोना महामारीका कारण लामो समय बन्द भएको हवाई सेवा भदौमा आएर मात्रै खुलेको थियो । त्यसपछि विमान कम्पनीहरुले सस्तो मूल्यमै भए पनि टिकट बिक्री गरी व्यापारलाई पुरानै लयमा फर्काउन खोजेका थिए ।

लामो समय बन्द भए पनि विमान सेवा शुरु भएसँगै यात्रुको चाप पनि बढेको थियो । तर विमान कम्पनीहरुले भने टिकटको मूल्यमा भने बढाएका छैनन् । आजका दिनसम्म फुलपातीको दिनका लागि काठमाडौंबाट विभिन्न गन्तव्यसम्म जानका लागि कम्पनीहरुले विभिन्न मूल्य निर्धारण गरेका छन् । जसलाई यसरी हेरौं । जहाँ हामीले आजका दिनमा उपलब्ध मूल्यमा सबैभन्दा सस्तो मूल्य मात्रै उल्लेख गरेका छौं ।

कात्तिक ७ गते शुक्रबारका लागि
काठमाडौं –  भद्रपुरः ४४००/–
काठमाडौं – भैरहवाः ३५०५/–
काठमाडौं – भरतपुरः ३४०५/–
काठमाडौं – बिराटनगरः ४१००/–
काठमाडौं – धनगढीः ६२५५/–
काठमाडौं – जनकपुरः ४००५/–
काठमाडौं – नेपालगञ्जः ५१०५/–
काठमाडौं – पोखराः २३९५/–
काठमाडौं – सिमराः २८००/–

यो समाचार आजको मूल्यलाई आधार बनाएर तयार पारिएको हो । यो सम्बन्धित गन्तव्यका लागि विभिन्न एयरलाइन्सहरुले तय गरेको न्यूनतम मूल्य हो ।


क्लिकमान्डु