सरकारको निर्णयमा नेकपाकै नेताकाे विरोधः कोरोना संक्रमितको निःशुल्क उपचार गर्नुपर्छः नेता नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपक्तिजनक भएको उनको तर्क छ ।

बरिष्ठ नेता नेपालले विज्ञप्ति प्रकाशित गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गरेर गैर जिम्मेवारीपन देखाएको आरोप उनले लगाएका छन् ।


क्लिकमान्डु