काठमाडौं उपत्यकाभित्र ११ स्थानहरुमा यात्रु सहायता कक्ष



काठमाडौं । उपत्यकाका विभिन्न ११ स्थानमा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, नाडा, सिप्रदी र सिप्रदियन सहायता संस्थाको सहकार्यमा यात्रु सहायता कक्ष सुरु भएको छ ।

सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।

चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमायात्रु सहायताकक्ष शुरु भएको छ ।

गत वर्ष भन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने यात्रुहरुको अनुमान कम गरिएको भएपनि, जाने यात्रुहरुलाई टिकट बुकिङकाक्रममा बिभिन्न खालका समस्याहरु भोग्नु नपरोस भनेर यो यात्रु सहायताकक्ष राखिएको हो ।

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्याहरु यात्रुहरुले भोग्नुपर्ने गुनासो आइरहेकोले यसलाई न्युनिकरण गर्ने उद्देश्यले सहायताकक्ष संचालन गरिएको हो ।

साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् । यी यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् ।


क्लिकमान्डु