वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, १० लाख जित्ने अवसर



काठमाडौं । दशैं तिहारको अवसरमा वेस्टर्न युनियनले ‘दशैंको सौगात’ प्रबद्र्धन योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले कात्तिक १ देखि मंसिर २७ गतेसम्म सहभागी जनाउन सक्नेछन् । साथै साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट., नबिल बैंक, डिजिटेक रेमिटयान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिनेछ ।

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषणा गरिनेछ ।

वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं । नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको ‘सौगात’ प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं ।


क्लिकमान्डु