वीरगंजबाट १९ करोड बराबरको २३ किलो सुन बरामद



वीरगंज । प्रहरीले वीरगंजबाट २३ किलो भन्दा बढी सुन बरामद गरेको छ ।

प्रहरीले २२ किलो ५७६ ग्राम सुनको बिस्कुट र ६५१ ग्राम गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंजका प्रमुख प्रहरी उपक्षिरिक गंगा पन्तले बताइन् ।

वीरगंज महानगरपालिका–५ रेसमकोठी स्थित श्रीगणेश एपार्टमेन्टको ३०३ नम्बर कोठामा छापा मार्दा उक्त परिमाणमा सून र सूनको गहना बरामबद भएको पन्तले क्लिकमाण्डूलाई बताइन । उनका अनुसार २२ किलो ५७६ ग्राम सूनको बिस्कुट नै रहेको छ भने ६५१ ग्राममा मंगलसुत्र, बाला रहेका छन् ।

स्थानिय प्रतिनिधिको रोहबरमा भारतीय नागरिक अशोक सिन्हाले बस्ने गरेको फ्लैटबाट उक्त परिमाणमा सुन बरामद भएको हो । छापा मारेको कोठामा मानिस सदै नबस्ने र कुनै कुनै समयमा मात्रै बस्ने गरेको पन्तको भनाइ छ ।

उनका अनुसार पहिला सिन्हा आएर बस्ने गरेको भएपनि पछिल्लो समयमा उनी बिरामी भएपछि उनका आफन्त तथा छोराहरु आउजाउ गर्ने गरेको र नियमित रुपमा नबस्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको पन्तले बताइन् ।


क्लिकमान्डु